यात्रुले सुत्केरी हुन लागेको नाटक गरेपछि विमानको आकस्मिक अवतरण, १४ यात्रु फरार
म्याड्रिड- स्पेनी पुलिसले आपतकालीन अवतरणपछि एक व्यवसायिक विमानबाट भागेका १४ जना व्यक्तिहरूको खोजी गरिरहेको छ । एक महिलाले आफूले बच्चा जन्माउन लागेको भन्ने अफाबाह फैलाएपछि विमानको आपतकालीन अवतरण भएको थियो ।
महिलाले आफूलाई सुत्केरी हुन लागेको दाबी गरेपछि मोरक्कोबाट टर्कीका लागि बुधबार दिउँसो उडेको पेगासस एयरलाइन्सको विमान बार्सिलोनाको एल प्राट विमानस्थलमा आपत्कालीन अवतरण गरेको थियो ।
विमान अवतरण गरेपछि २८ जना व्यक्तिहरूको समूह बाहिर निस्किएर भाग्ने प्रयास गरेका थिए । प्रहरीले आधालाई रोक्न सफल भए पनि बाँकी १४ जना विमानस्थलबाट भागे र उनीहरू हाल फरार छन् ।
विमानमा २२८ यात्रु थिए ।
डाक्टरहरूका अनुसार ती महिला गर्भवती भए पनि बच्चा जन्माउने अवस्थामा भने थिइनन् । सार्वजनिक अपराधको आशंकामा उनी पक्राउ परेकी थिइन ।
पक्राउ परेका मध्ये पाँच जना मोरक्कोको कासाब्लान्का शहरबाट इस्तानबुलको लागि उडानमा फिर्ता हुन सहमत भएका स्पेनी अधिकारीहरूले बताए । बाँकी भने स्पेनमा प्रवेश नगर्ने प्रक्रियामा छन् ।
अधिकारीहरूका अनुसार उनीहरूलाई कथित बच्चा जन्माउन लागेको भन्ने महिलासँगै देश बाहिर अर्को पेगासस उडानमा राखिने अनुमान गरिएको छ । स्पेनी सरकारको कार्यालयले यात्रुहरूको राष्ट्रियता खुलासा गरेको छैन । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया