विश्व

टेक्सासमा शक्तिशाली भूकम्प

इकागज |
पुस २, २०७९ शनिबार ९:२३ बजे

न्युयोर्क- अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा  करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प लगत्तै परकम्पन गएको थियो । 

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।


‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट गर्‍यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । एजेन्सी


Author

थप समाचार
x