विश्व

वर्षा र बाढीका कारण कंगोमा १६७ को मृत्यु

इकागज |
पुस २, २०७९ शनिबार ११:१४ बजे

काठमाडौँ- कंगोमा भारी वर्षापछि आएको बाढीमा परि मृत्यु हुनेको संख्या १ सय ६० भन्दा बढी पुगेको छ । अलजजिराले जनाए अनुसार मृतकको संख्या १ सय ६९ पुगेको हो ।

राजधानी किनसासामा भएको भारी वर्षापछि गएको बाढीका कारण थप ३० जना घाइते भएको जनाइएको छ । २ सय ८० भन्दा बढी घर क्षतिग्रस्त बनेको छ भने ३८ हजार मानिस प्रभावित भएका छन् ।


मोन्ट-नगाफुला र नगालिमा सबैभन्दा बढी प्रभावित बनेको समाचारमा जनाइएको छ ।


Author

थप समाचार
x