विश्व

अमेरिकामा चीसोका कारण एक करोड ५० लाखभन्दा बढी बिरामी

इकागज |
पुस २, २०७९ शनिबार २१:४१ बजे

फाइल फोटो

काठमाडौँ - संयुक्त राज्य अमेरिकामा यस मौसममा अहिलेसम्म कम्तीमा एक करोड ५० लाख बिरामी भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले सार्वजनिक गरेको रिपोर्टमा जनाइएको छ ।

शुक्रबार सार्वजनिक रिपोर्ट अनुसार यो अवधिमा एक लाख ५० हजार अस्पताल भर्ना र नौ हजार ३०० जनाको मृत्यु भइसकेको शुक्रबार सार्वजनिक सीडीसीको रिपोर्टमा उल्लेख छ ।


अमेरिकामा मौसमी इन्फ्लुएन्जाको गतिविधि उच्च रहेको तर केही क्षेत्रमा घट्दो देखिएको सीडीसीले जनाएको छ ।

सीडीसीको तथ्यांकअनुसार डिसेम्बर १० मा समाप्त भएको पछिल्लो हप्तामा अमेरिकामा फ्लुका कारण २३ हजार ५०० भन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् ।

इन्फ्लुएन्जासँग सम्बन्धित नौ बालबालिकाको मृत्यु यसै साता भएको छ भने यस मौसममा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ ।
रासस


Author

थप समाचार
x