विश्व

सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरू रोजगारीका लागि विदेशिए

इकागज |
पुस ३, २०७९ आइतबार २०:१५ बजे

कोलम्बो - सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलंकालीहरूले  रोजगारीका विदेशिएका छन् ।

अन्तराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलंकाका श्रम तथा वैदेशिक रोजगार मन्री,  मानुषा नानायकाराले श्रीलंकाको स्वतन्त्रतापछिको इतिहासमा एक वर्ष भित्रमा वैदेशिक रोजगारीमा जानेको यो सङ्ख्या सर्वाधिक हो ।


 वैदेशिक रोजगारीमा जानेहरूले पठाएको  विप्रेषणले श्रीलंकालाई वर्तमान आर्थिक संकटबाट पार लगाउन मद्दत पुग्ने मन्त्री मानुऋको धारणा छ । 

नोभेम्बर २०२२ मा श्रीलंकाका विदेशी कामदारहरूले विदेशमा पठाएको रेमिट्यान्स बढेर ३८४।४ मिलियन अमेरिकी डलर पुगेको बताइएको ।

पछिल्ला केही महिनामा यो संख्या निरन्तर बढ्दै गएको र वर्षको पहिलो ११ महिनामा कुल रेमिट्यान्स ३ अर्ब ३० करोड डलरभन्दा बढी रहेको मन्त्रीले बताएका छन् ।
रासस


Author

थप समाचार
x