पाकिस्तानको एक प्रहरी चौकीमा आक्रमण, चार प्रहरीको मृत्यु
फाइल तस्बिर
इस्लामाबाद– पाकिस्तानको अस्थिर खैबर पख्तुनख्वा प्रान्तमा रहेको प्रहरी चौकीमा विद्रोहीको आक्रमणमा कम्तीमा चार प्रहरी मारिनुका साथै केही घाइते भएका छन् ।
दक्षिणी वजिरिस्तान आदिवासी जिल्लाको सीमावर्ती लकी मारवाटको बरगाई प्रहरी चौकीमा विद्रोहीले हाते ग्रेनेड र रकेट लन्चरलगायत घातक हतियार बोकेका अतिवादीले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीको जबाफी कारबाहीपछि विद्रोहीहरू घटनास्थलबाट भागेका थिए ।
संदिग्धहरूको खोजी गर्न प्रहरी टोलीले सो क्षेत्रमा खोजी अभियान सुरु गरेको छ । खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्री महमुद खानले आक्रमणलाई कायरतापूर्ण कार्यको संज्ञा दिँदै प्रान्तीय प्रहरी प्रमुखसँग तत्काल रिपोर्ट मागेका छन्।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया