इजरायलमा नेतन्याहूको सत्ता पुनरागमन
फाइल फोटो
जेरुसेलम - इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार गठन गर्न सफल भएको बुधबार राति घोषणा गरेका छन् ।
नेतन्याहूले मध्यरातको समयसीमा भन्दा केही मिनेट अघि ट्वीटरमा लेख्दै भने, 'मैले देशको आवश्यकता अनुसार इजरायलमा नयाँ गठबन्धन सरकार गठन गर्न सफल भएको छु ।'
नेतन्याहूको लिकुड पार्टीले एक विज्ञप्ति जारी गर्दै नेतान्याहुले राष्ट्रपति आइज्याक हर्जोगलाई फोन गरी नयाँ सरकार गठन गरेको जानकारी गराएको छ ।
लिकुडले आफ्ना पाँच साझेदारमध्ये तीन अति दक्षिणपन्थी पार्टी र दुई यहूदी अति–पुरातनवादी पार्टीसँग अन्तिम गठबन्धन सम्झौतामा हस्ताक्षर गर्न बाँकी छ ।
इजरायलको कानुनअनुसार नयाँ सरकारले सन् २०२३ को जनवरी २ सम्ममा सपथ लिनुपर्छ ।
नेतन्याहूले आफ्ना गठबन्धन साझेदारहरूको समर्थनको बदलामा मागहरू पूरा गर्न विगत केही हप्तादेखि प्रयासरत रहँदै आएका थिए ।
भ्रष्टाचारको आरोपपछि डेढ वर्षअघि मात्र सत्ताच्युत गरिएका इजरायलको सबैभन्दा लामो समयसम्म सत्ता चलाएका अनुभवी नेता नेतन्याहले निर्वाचनमा आफ्नो दल लिकुड पार्टीलाई जिताउने सबैप्रति आभार प्रकट गर्दै आफूले देश र नागरिकको हितका लागि काम गर्ने प्रतिवद्धता गरेका छन् ।
नेतन्याहूको समूहले गत नोभेम्बर १ मा सम्पन्न इजरायलको संसदको १२० सिटमध्ये ६४ सिट जितेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया