विश्व

इजरायली प्रहरीले आक्रमणकारीलाई गोली हान्यो

इकागज |
पुस ९, २०७९ शनिबार ६:४७ बजे

सांकेतिक तस्बिर

जेरुसेलम- इजरायली प्रहरीले शुक्रबार केफार कासिम सहरमा कारमा आक्रमण गर्ने एक आक्रमणकारीलाई मारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

काफ्र कासेमका २० वर्षका नइम बदिरले मध्यरातमा एक कारमा मोलोटोभ ककटेल आक्रमण भएको भन्दै प्रहरीको आपतकालीन हटलाइनमा फोन गरेका थिए । यद्यपि प्रहरी अधिकारीहरू आइपुगेपछि बदिरले गाडी हुँइकाएको र त्यसक्रममा तीनजना घाइते भएका थिए । जेरुसेलम पोष्टका अनुसार उनले प्रहरी अधिकारीहरूलाई गोली हानेर मोलोटोभ ककटेल पनि हानेका थिए । 


आक्रमण पछि इजरायली प्रहरीले थप संदिग्ध व्यक्तिहरूको खोजी गरेको र बदिर बसेको भवनमा हतियार र मोलोटोभ ककटेलहरू फेला पारेको बताएको छ । (सिन्ह्वा)


Author

थप समाचार
x