श्रीलंकाको अर्थतन्त्रमा सुधार हुँदै, बीस दिनमा पचास हजार विदेशीले गरे भ्रमण
फाइल फोटो
कोलम्बो - आर्थिक अनुशासन कायम गर्ननसक्दा टाट पल्टिएको श्रीलंकाको अर्थतन्त्रमा केही सुधार देखिएको छ । बितेका २० दिनमा ५० हजारभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले टापु राष्ट्रको भ्रमण गरेका छन् ।
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत पर्यटन क्षेत्रमा भएको यो सुधार अघिल्लो महिनाको तुलनामा अधिक भएको पर्यटन विकास प्राधिकरणले बताएको छ । पर्यटकको औसत आगमन दुई हजार पाँच सयभन्दा बढी रहेको तथा यो वर्षको पहिलो ११ महिनामा एक हजार ९०० को हाराहारीमा रहेको प्राधिकरणले जनाएको छ । अघिल्लो वर्ष छ लाख ७८ हजार तीन सय ९२ जना अन्तर्राष्ट्रिय पर्यटकले श्रीलंका भ्रमण गरेका थिए ।
कोभिड–१९ महामारीसँगै आर्थिक एवम् राजनीतिक संकटले जकडिएको देशको अर्थतन्त्रलाई उजिल्याउन गठित वर्तमान सरकारले आगामी वर्ष १५ लाख र अर्को वर्ष ३० लाख पर्यटक भित्रा्उने लक्ष्य लिएको पर्यटन तथा भूमिमन्त्री हरिन फर्नान्डोले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया