विश्व

चीनमा सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

इकागज |
पुस ९, २०७९ शनिबार २१:१३ बजे

फाइल फोटो

उरूम्की - चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले शनिबार जनाएको छ । 

खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १ः४० बजे दुर्घटना हुँदा ४० श्रमिकले खानीभित्र काम गरिरहेका भएपनि २२ जनालाई सकुशल बाहिर निकालिएको छ ।


खानीमा काम गर्ने अन्य व्यक्तिलाई उद्धारका लागि आवश्यक पहल थालिसकिएको स्थानीय अधिकारीले जनाएका छन् । 

प्रशासनले खानी दुर्घटनामा सावधानी नअपनाइएको भन्ने फसेका कामदारको आरोपबारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
 


Author

थप समाचार
x