विश्व

दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

इकागज |
पुस १०, २०७९ आइतबार २१:२८ बजे

फाइल तस्बिर

जोहानेसबर्ग- दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् ।

शनिबार बिहान ग्यास बोकेको ट्रक गौतेङ प्रान्तको बोक्सबर्गको तल्लो पुलमुनि अड्किँदा आगलागी र विस्फोट भएको थियो ।


घटनास्थलबाट सय मिटर टाढा रहेको ताम्बो मेमोरियल अस्पतालका २४ बिरामी र १३ कर्मचारी घाइते भएका छन् । घाइतेहरूमध्ये एक चालक र दुई नर्सको मृत्यु भएको बताइएको छ ।  

विस्फोटबाट अस्पतालको संरचनामा क्षति पुगेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ । सिन्ह्वा


Author

थप समाचार
x