हजारौँ उडान रद्द
हिमआँधीले अमेरिकामा ३० जनाको मृत्यु, जनजीवन कष्टकर
न्युयोर्क - अमेरिकामा हिम आँधीका कारण कम्तीमा २६ जनाको मृत्यु हुनुका साथै लाखौँ मानिस प्रभावित भएका छन् । हिमपातले विभिन्न राज्यका सहरहरू अस्तव्यस्त बनेका छन् । हिमपातले बिजुली कटौती हुँदा पूर्वीराज्यका २ लाखभन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका छ्न् ।
चरम मौसमले हजारौँ उडान रद्द भएका र मानिसहरू बरफ र हिउँले घेरिएका घरहरूमा फँसेका छन् ।
८ राज्यहरूमा मौसम–सम्बन्धित घटनामा २६ जनाको जनाको मृत्यु भएको पुष्टि भएको छ, केही अमेरिकी मिडियाले ३० जना भन्दाको मृत्यु भएको जनाएका छन् ।
आँधीसँग सम्बन्धित घटनामा कोलोराडोमा चार जना र पश्चिमी न्युयोर्कमा कम्तीमा ७ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण बफेलो सबैभन्दा बढी प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।
बरफ र हिउले सडक, पुल, घर तथा बाहिर पार्किङ गरेर राखेका घर ढाकेका छन् ।
केही दशकयताकै सबैभन्दा ठूलो आँधीका कारण अमेरिकामा आइतबार मात्र १७ सय उडान रद्द भएका थिए । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया