विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्त : पोप
भ्याटिकन सिटी- क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले भ्याटिकनबाट आफ्नो वार्षिक क्रिसमस डेको अवसरमा दिएको सन्देशमा विश्व ‘शान्तिको अनिकाल’बाट ग्रस्त भएको बताएका छन् । उनले युक्रेनमा अर्थहीन युद्ध को अन्त्यको लागि आह्वान गरे । युक्रेनले विश्वको गहुँको लगभग ३० प्रतिशत ढुवानी गरेको छ र फेब्रुवरीमा रुसी आक्रमणपछि मूल्य बढेको छ ।
पोप फ्रान्सिसले पोपको पद ग्रहण गरेदेखि यो १०औँ क्रिसमस डेको सम्बोधन थियो । उनले मध्यपूर्व, म्यानमार, हाइटी र अफ्रिकाको साहेल क्षेत्रमा द्वन्द्व र मानवीय संकटको चर्चा गरे ।
सेन्ट पिटर स्क्वायरलाई हेरेर बासिलिकाको बालकनीबाट बोल्दै ८६ वर्षीय पोपले युद्धको मानवीय मूल्यमा शोक व्यक्त गरे । उनले “दिनहुँ ठूलो मात्रामा खाना खेर जाँदा र हतियारमा खर्च भइरहेको बेला भोकै बस्ने“ लाई नबिर्सन आग्रह गरे। एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया