विश्व

चीनमा बढ्दै कोभिड संक्रमण

इकागज |
पुस १२, २०७९ मंगलबार ७:१९ बजे

बेइजिङ - चीनमा कोभिड संक्रमण बढ्न थालेपछि बेइजिङले चाँडै नै सामुदायिक स्वास्थ्य केन्द्रहरूमा फाइजरको कोभिड–१९ विरुद्धको औषधि प्याक्सलोभिड वितरण गर्ने भएको छ  । देशका विभिन्न सहरले संक्रमणको अभूतपूर्व लहरको सामना गरिरहेका बेला सरकारले उक्त निर्णय गरेको हो । संक्रमणका घटना बढेपछि औषधि फार्मेसी र औषधि पसलमा औषधिको अभाव हुन थालेको छ । 

चाइना न्युज सर्भिसका अनुसार तालिम पाएपछि सामुदायिक चिकित्सकहरूले कोभिड–१९ का बिरामीलाई औषधि वितरण गर्ने र प्रयोग गर्ने तरिकाबारे जानकारी दिनेछन् । 


यसै महिनाको सुरुमा कोभिड प्रतिबन्ध हटाएपछि चीनमा संक्रमणका घटनामा तीब्र वृद्धि भएका छन् । एउटै सहरमा दैनिक लाखौँलाई संक्रमण हुन थालेको छ ।

यसैबीच, सरकारले विदेशीका लागि क्वारेन्टाइनमा बस्नु नपर्ने जनाएको छ । जनवरी ८ देखि यो नियम लागू हुने भएको छ । एजेन्सी


Author

थप समाचार
x