१०२ सन्तान, ५६८ नातिनातिना : दम्पती भन्छन्- अब सन्तान जन्माउँदैनाैं
काठमाडौँ- १२ श्रीमती तथा १ सय २ छोराछोरी रहेका युगान्डाका एक किसानले अब सन्तान नजन्माउने निर्णय गरेका छन् । ५ सय ६८ नातिनातिना रहेका मुसा हासाह्याले आम्दानी कम भएको भन्दै अब बच्चा नजन्माउने निर्णय गरेको डेलिमेलले जनाएको छ ।
६७ वर्षीय मुसाले खाद्यान्नका लागि रकम पुर्याउनका लागि बच्चा नजन्माउने भएका हुन् । उनले आफ्नी श्रीमतीहरुलाई गर्भनिरोधक साधन प्रयोग गर्न समेत आग्रह गरेका छन् ।
बढ्दो महंगीका कारण परिवारका लागि चाहिने आवश्यक वस्तु पुर्याउन गाह्रो हुँदै गएको मुसाको भनाइ छ । उनको परिवार उगान्डाको लुसाकामा बसोवास गर्छन् ।
मुसाले बताए अनुसार अरुसँग नभागोस् भनेर उनले सबै श्रीमतीहरुलाई एउटै घरमा राखेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया