आतंकवादी आक्रमणमा ६ जना सुरक्षाकर्मी मारिए
फाइल फोटो
इस्लामावाद - पाकिस्तानको बलुचिस्तानमा भएको आतंकवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिएका छन् भने अन्य १७ जना घाइते भएका छन् ।
लगातार भएका सातवटा बम विष्फोटमा छ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका समाचारपत्र डनले जनाएको छ ।
दूर नियन्त्रित उपकरणबाट आतंकवादीले विष्फोट गराएका थिए । आइतबार पनि बलुचिस्तानमा भएका पाँचवटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा पाँच जना सैनिक मारिएका तथा कम्तीमा १५ जना घाइते भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया