विश्व

अमेरिकामा हरेक हप्ता कम्तीमा ४८ हजार बालबालिकालाई कोभिड सङ्क्रमण

इकागज |
पुस १४, २०७९ बिहीबार १२:४१ बजे

लस एन्जलस - संयुक्त राज्य अमेरिकामा हरेक हप्ता कम्तीमा पनि ४८ हजार जना बालबालिकालाई कोभिड-१९ को सङ्क्रमण हुने गरेको छ । पछिल्ला केही हप्ता यस्तो अवस्था देखिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार पछिल्ला हप्ताहरूमा अमेरिकामा बालबालिकामा कोभिडको सङ्क्रमण बढेको पाइएको हो ।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स र अमेरिकी बालबालिका अस्पतालहरूको सङ्गठनले बुधबार यस्तो तथ्याङ्क दिएका हुन् । यहाँ कोभिड सङ्क्रमण सुरु भएदेखि एक लाख ५२ लाख बालबालिकालाई कोभिडको सङ्क्रमण भएको पनि ती संस्थाले जानकारी दिएका छन् ।


ती तथ्याङ्कमा गएका चार हप्तामा मात्र एक लाख ६५ हजार बालबालिका थपिएका हुन् । अमेरिकाका कतिपय राज्यमा अहिले चिसोले निकै सताएको छ । त्यहाँ चिसोका कारण कैयौँ मानिसको ज्यान पनि गएको छ ।

यस अवस्थामा यहाँ पछिल्ला हप्ताहरूमा बालबालिकामा कोभिडको संक्रमण बढ्दै गएको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले उमेर समूहका आधारमा कोभिड सङ्क्रमितहरूको तथ्याङ्क तयार गरेर विश्लेषण गर्नुपर्ने अवस्था आएको पनि बताएका छन् । 
 


Author

थप समाचार
x