विश्व

उज्वेकिस्तानमा कफ सिरपकाे सेवनबाट १८ बालबालिकाको मृत्यु

इकागज |
पुस १४, २०७९ बिहीबार १९:६ बजे

फाइल तस्बिर

काठमाडौँ- ​उज्वेकिस्तानमा कफ सिरपकाे सेवनबाट १८ बालबालिकाको मृत्यु भएकाे छ । उज्वेकिस्तान सरकारले भारतमा बनेको कफ सिरप सेवन गर्दा आफ्नो देशमा १८ बालबालिकाको मृत्यु भएको बताएकाे हाे ।

त्यहाँकाे स्वास्थ्य मन्त्रालयले बुधबार नोएडाको मेरियन बायोटेकमा बनाइएको खोकी सिरप DOK-1 MAX पिएपछि बालबालिकाको मृत्यु भएको जनाएकाे हाे । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले उज्वेकिस्तान सरकारलाई अनुसन्धानमा सहयोग गर्ने बताएकाे छ । भारतले उज्वेक सरकारको आरोपको छानबिन गर्ने निर्णय पनि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।


गाम्बियाले पनि ७० बालबालिकाको मृत्युकाे कारण भारतमा बनेकाे ४ कफ सिरपलाई दाेषी ठहर गरेको छ । डब्लुएचओले पनि यी कफ सिरपको प्रयोगबारे अलर्ट जारी गरेको थियो । यद्यपि भारतले खोकीको सिरप परीक्षण गरेको बताएको थियो । परीक्षणबाट याे गुणस्तरीय साबित भएकाे थियाे । यसपछि गाम्बिया सरकारले एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा बालबालिकाको मृत्युसँग भारतीय सिरपको कुनै सम्बन्ध नरहेको बताएको थियो ।

इन्डोनेसियामा मिर्गौला रोगबाट ९९ बालबालिकाको मृत्यु भएपछि सबै तरल औषधि प्रतिबन्ध गरिएकाे छ । साथै अब सरकारको विज्ञ टोलीले छानबिन गर्नेछ ।

डब्ल्यूएचओले भारतको म्याडेन फार्मास्युटिकल्स कम्पनीलाई खोकी र चिसो सिरपको बारेमा चेतावनी दिएको छ । अफ्रिकी देश गाम्बियामा ६६ बालबालिकाको मृत्यु भएपछि यो चेतावनी दिइएको हो । यी बालबालिकाले खोकीको सिरप सेवन गरिरहेका थिए ।


Author

थप समाचार
x