विश्व

‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र रचेको’ आरोपमा जेल परेका इरानी पत्रकार किभान रिहा

इकागज |
पुस १७, २०७९ आइतबार २१:४ बजे

फाइल फोटो

तेहरान - सन् २०२० को डिसेम्बरमा ‘राष्ट्रिय सुरक्षाविरुद्ध षडयन्त्र रचेको’ अभियोगमा जेल परेका इरानी विद्रोही पत्रकार किभान सामिमी रिहा भएको यहाँको दैनिक पत्रिका, शार्गले आइतबार जनाएको छ ।

त्रिहत्तर वर्षीय समिमीलाई सन् २०२० को डिसेम्बरमा तीन वर्षको जेल सजाय सुनाइएको थियो र उनलाई तेहरानबाट करिब २०० किलोमिटर पूर्वमा पर्ने सेमनानमा राखिएको थियो ।


शार्गले आफ्नो रिहाईको जानकारी प्राप्त भएको बताए पनि मिति भने आफूलाई जानकारी नगराइएको बताएका छन् । 

समिमीलाई सन् २०२२ को फेब्रुअरीमा कोभिडजन्य महामारीका कारण स्वास्थ्य समस्या देखाउँदै जेलबाट रिहा गर्न अनुमति दिइएको थियोे । 

मेहर समाचार एजेन्सीका अनुसार राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आशंकामा उनी मे महिनामा जेल फर्किएका थिए । गत डिसेम्बरमा उनले १६ सेप्टेम्बरमा महसा अमिनीको मृत्युपछि भएको विरोध आन्दोलनलाई समर्थन गर्दै जेलबाट सन्देश जारी गरेका थिए ।  

इरानी कुर्द समुदायकी २२ वर्षीय महिला अमिनीले देशको इस्लाम पैरनसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा प्रहरीले पक्राउ गरेपछि उनी जेलमा रहँदा विरामी परेको र उपचारका क्रममा मृत्यु भएको थियो । 

समीमीले सन् १९७९ को इस्लामिक क्रान्तिअघि र पछि पनि जेल सजाय भोगेका थिए । रासस


Author

थप समाचार
x