अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु
सिड्नी - अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको थियो ।
‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवहाक निरीक्षक ग्यारी वोरिलले भने ।
त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टका पंखाहरू केही टाढा उछिट्टिएका थिए । दुर्घटनालगत्तै घटनास्थलमा उद्दार टोली र प्रहरी परिचालन गरिएको थियो ।
घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा व्युरोले अनुसन्धान सुरु गरेको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनाग्रसत हेलिकोप्टरको भग्नावेशषको जाँच गरेका छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया