विश्व

भारतीय विदेशमन्त्रीको आरोपः चीनले एलएसीलाई एकतर्फी रूपमा परिवर्तनको प्रयास गर्‍यो

इकागज |
पुस २०, २०७९ बुधबार ७:२९ बजे

नयाँ दिल्ली - भारतीय विदेशमन्त्री एस जयशंकरले चीनले दुई देशलाई छुट्ट्याउने सीमा रेखा एलएसीलाई एकतर्फी रुपमा परिवर्तनको प्रयास गरेको आरोप लगाउँदै बेइजिङको आलोचन गरेका छन् । अस्ट्रेलियाको जेडआईबी २ पोडकास्टलाई अन्तवार्ता दिँदै उनले भने, ‘हामीसँग एलएसीलाई एकतर्फी ढंगले परिवर्तन नगर्ने सम्झौता थियो,  जसलाई उनीहरूले एकतर्फी रुपमा उल्लंघन गर्न खोजेका छन् ।'

एलएसीको  पश्चिममा रहेको गलवान उपत्यका र प्याङ्गोङ ताल  हालैका वर्षहरूमा हिंसाको केन्द्र बनेका छन् । पूर्वमा तवाङ भारत–चीनबीचको पछिल्लो झडपको स्थल बनेको थियो ।


'चासोको विषय यो हो कि हामीले हाम्रो सीमा क्षेत्रमा सेनाहरू जम्मा नगर्ने चीनसँग सम्झौता गरेका थियौं, र उनीहरूले ती सम्झौताहरू पालना गरेनन्, त्यसैले हामी अहिले तनावपूर्ण स्थितिमा छौं ', उनले भने ।
 


Author

थप समाचार
x