विश्व

अफगान सेनाको कारबाहीमा सात विद्रोही मारिए

इकागज |
पुस २१, २०७९ बिहीबार १३:५९ बजे

फाइल तस्बिर

काबुल - अफगान सेनाले बुधबार गरेको सुरक्षा कारबाहीमा सात जना इस्लामिक स्टेट  आईएस लडाकु मारिएका छन् भने अन्य सात जना पक्राउ परेका छन् । बिहीबार पनि जारी रहेको सैन्य कारबाहीमा पश्चिमी निमरोज प्रान्तबाट सोही समूहका दुई सशस्त्र विद्रोहीलाई नियन्त्रणमा लिइएको छ । 

अफगान सुरक्षा बलले बुधबार देशको राजधानी काबुलमा आईएस सङ्गठनसँग सम्बद्ध लडाका लुकेको ठाउँमा आक्रमण गर्दा सात जना मारिएका तथा अन्य धेरैलाई गिरफ्तार गरिएको एक जना सरकारी अधिकारीले बताए । बुधबार साँझ काबुलको कालाचा र शुहदाई सालेहेन इलाकामा आईएसविरुद्ध भएको कारबाहीमा सात जना विद्रोही मारिएका र अन्य सात जनालाई पक्राउ गरिएको तालिबान प्रशासन प्रमुखले बताएका छन्। 
 



Author

थप समाचार
x