विश्व

मेक्सिकोका कुख्यात लागूऔषध कारोबार नायिक गुजम्यानका छोरा पक्राउ

इकागज |
पुस २३, २०७९ शनिबार ७:५३ बजे

सांकेतिक तस्बिर

मेक्सिको सिटी- मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके जोआकिन 'एल चापो' गुजम्यानका छोरालाई बिहीबार पक्राउ गरेका छन् ।

'एल रटन' (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सैन्य विमानमा मेक्सिको सिटी लगिएको रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले पत्रकारहरूलाई भने ।


३२ वर्षीय ओभिडियो गुजम्यानको गिरफ्तारी छ महिनाको खुफिया कार्यको परिणाम रहेको बताइएको छ । 

अमेरिकाले ओभिडियो गुजम्यानलाई कुख्यात सिनालोआ कार्टेलको प्रमुख खेलाडी भएको आरोप लगाउँदै पक्राउ गर्ने जानकारीको लागि ५० लाख डलर इनाम प्रस्ताव गरेको थियो । एजेन्सी
 


Author

थप समाचार
x