लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा २९ जनाको मृत्यु
मेक्सिको सिटी- उत्तरी राज्य सिनालोआमा मेक्सिकोको लागूऔषधका नायिके ओभिडियो गुजम्यानको गिरफ्तारका क्रममा गिरोहका १९ संदिग्ध सदस्य र १० सैन्य कर्मचारीको मृत्यु भएको, रक्षा मन्त्री लुइस क्रेसेन्सियो स्यान्डोभलले जानकारी दिए ।
मेक्सिकोका सुरक्षा बलहरूले जेलमा रहेका जोआकिन 'एल चापो' गुजमानका ३२ वर्षीय छोरा गुजमानलाई बिहीबार बिहानै पक्रेको थियो । पक्राउपछि गिरोहका सदस्यहरूसँगको झडप र गोली हानाहानका क्रममा २९ जनाको मृत्यु भएको बताए ।
गुजमानलाई घरमा पक्राउपछि हेलिकप्टमार्फत मेक्सिको सिटीमा उडाइएको थियो । त्यसलगत्तै कडा सुरक्षबीच जेलमा लगिएको थियो ।
मेक्सिकोका सुरक्षा बलहरूले अमेरिकी राष्ट्रपति जो बाइडनको भ्रमणअघि जेलमा रहेका लागूऔषध कारोबारका नायिके गुजम्यानलाई पक्राउ गरेको थियो ।
'एल रटन' (द माउस) उपनामले चिनिने ओभिडियो गुजम्यान लाई उत्तरपश्चिमी सहर कुलियाकानमा समातेर सेनाको हेलिकोप्टरमा राखेर मेक्सिको सिटी लगिएको रक्षा मन्त्रीले बताए । एजेन्सी
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया