विश्व

आमाको निधनमा एक पटकमात्र रोएको थिएँ : प्रिन्स ह्यारी

इकागज |
पुस २४, २०७९ आइतबार १२:२८ बजे

काठमाडौँ- आफ्नी आमा बेलायती राजकुमारी अर्थात ‘प्रिन्सेस अफ वेल्स’ डायनाको निधनमा आफू एक पटकमात्र रोएको प्रिन्स ह्यारीले खुलासा गरेका छन् । राजकुमारी डायनाको सन् १९७७ मा पेरिसमा भएको कार दुर्घटनामा निधन भएको थियो ।  

आफ्नो आत्मकथा ‘स्पेर’ को प्रचारप्रसारका लागि सार्वजनिक भएको एक भिडियोमा प्रिन्स ह्यारीले आफू तथा प्रिन्स विलियम्सले सार्वजनिक रुपमा शोक व्यक्त गर्नेहरूलाई देख्दा आफ्नो भाव प्रकट नगरेको बताएको बीबीसीले जनाएको छ ।


ह्यारीले आफ्नी आमाको अन्तिम संस्कारका क्रममा मात्र रोएको खुलासा गरेका हुन् । स्पेरमा ह्यारीको जीवनमा डायनाको अभावलाई प्राथमिकतामा राखिएको छ ।

सो पुस्तक जनवरी १० मा प्रकाशित हुने भए पनि स्पेनमा केही प्रति बिक्री भएपछि त्यसको केही भाग सार्वजनिक भएको छ ।


Author

थप समाचार
x