विश्व

भानुअटुमा ७.० म्याग्निच्युडको भूकम्प

इकागज |
पुस २४, २०७९ आइतबार २१:३६ बजे

फाइल फोटो

सिड्नी - प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ ।

यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा  स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो ।


हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भानुअटुका केही तटीय क्षेत्रमा ज्वारभाटाको सतहभन्दा ०।३ देखि एक मिटर माथिसम्म सुनामीका छाल आउन सक्ने जनाएको छ ।

न्यू क्यालेडोनिया र सोलोमन टापुमा ०.३ मिटरभन्दा साना छाल आउन सक्ने बताइएको छ ।

भानुअटु प्रशान्त महासागरको ‘रिङ अफ फायर’ को एक भाग हो, जहाँ टेक्टोनिक प्लेटहरू टकराउँद छन् र यसले बारम्बार भूकम्पीय र ज्वालामुखी गतिविधि हुने गर्दछ । 

प्रत्यक्षदर्शीहरूले राजधानी होनियाराका केही भागहरूमा शक्तिशाली कम्पनका कारण सामानहरू भुइँमा ढलेको र फुटेको बताइए पनि कुनै क्षतिको विवरण तत्काल प्राप्त हुनसकेको छैन । 

भूकम्पका कारण भानुअटु र नजिकैको पपुवा न्यू गिनीको तटीय क्षेत्रलाई ३० सेन्टिमिटर (१२ इन्च) सम्मको सुनामीको छालआउन सक्ने चेतावनी दिइएको छ । 

भानुअटुको उत्तरमा रहेको सोलोमन टापुमा गत नोभेम्बरमा पनि ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । 


Author

थप समाचार
x