इरानमा थप ३ प्रदर्शनकारीलाई मृत्युदण्ड
सांकेतिक तस्बिर
तेहरान- इरानमा हिजावसम्बन्धी नियम उल्लंघनको आरोपमा पक्राउपछि हिरासतमै मृत्यु भएकी महसा अमिनीको विषयलाई लिएर भड्किएको प्रदर्शन जारी छ । सरकारले सुरक्षा फौजका सदस्यको हत्यामा संलग्न रहेको आरोपमा प्रदर्शनमा सहभागी थप तीन जनलाई मृत्युदण्ड सुनाएको छ ।
तीन महिनाभन्दा बढी प्रदर्शनको सम्बन्धमा मृत्युदण्डको सजाय पाएका व्यक्तिहरूको कुल संख्या १७ पुगेको छ ।
सालेह मिरहाशेमी, माजिद काजेमी र सईद याघौबीलाई ‘ईश्वर विरुद्ध युद्ध’ गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको न्यायपालिकाको मिजान अनलाइन समाचार वेबसाइटले रिपोर्ट गरेको छ ।
हिजाबविरोधी प्रदर्शनका क्रममा ४ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ । त्यस्तै, हजारौ प्रदर्शनकारी पक्राउ परेका छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया