विश्व

जाडोका कारण यमनमा सात बालबालिकाको मृत्यु

इकागज |
पुस २६, २०७९ मंगलबार २१:५ बजे

एडेन - यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य  सात जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन् । आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका थिए ।  

मारिबमा आन्तरिक विस्थापन शिविरहरूको व्यवस्थापनका लागि गठित यमनको कार्यकारी एकाइले सोबारे जानकारी दिएको हो ।  हाल सयौँ यमनी बालबालिका जीर्ण पालमा बस्न बाध्य छन् भने कपडाको अभावका कारण निकै कष्टकर दैनिकी बिताइरहेका छन् ।  


मारिबको विस्थापन पालमा बस्ने पीडित परिवारहरूले उनीहरूलाई आधारभूत आवश्यकताहरू उपलब्ध गराउन मानवीय संस्थाहरूलाई आग्रह गरेका छन् । 

मारिबको नियन्त्रित प्रान्तमा युद्धग्रस्त यमनमा सबैभन्दा ठूलो विस्थापन शिविरहरू रहेका छन् जहाँ २२ लाखभन्दा बढी आन्तरिक रूपमा विस्थापित रहेका छन् ।

यमन सन् २०१४ को अन्त्यदेखि गृहयुद्धमा फसेको छ । इरान समर्थित हुथी मिलिशियाले  थुप्रै उत्तरी सहरहरूमा आक्रमण गरी साउदी समर्थित यमनी सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेका थिए ।

यहाँ युद्धले हजारौँको ज्यान लिएको छ भने ४० लाखभन्दा बढी विस्थापित भएका छन् भने देश भोकमरीको चपेटमा परेको छ ।  


Author

थप समाचार
x