युक्रेनले भन्यो: सोलेदार हाम्रै नियन्त्रणमा छ
किएभ - युक्रेनले आफ्नो पूर्वी भूभाग सोलेदारमाथि शत्रुको नियन्त्रण नरहेको स्पष्ट गरेको छ । युक्रेनका सैन्य अधिकारीहरूले रुसका भाडाका सिपाहीले सोलेदार कब्जा गरेको समाचार असत्य भएको बताएका हुन् ।
सोलेदार कब्जाले डोनबासमा आफ्नो प्रभाव बढाउन मार्ग प्रशस्त हुने रुसी दाबीलाई किएभले खण्डन गर्दै ‘सोलेदार युक्रेनी थियो, छ र सधैँ रहनेछ,’ युक्रेनी सेनाको रणनीतिक सञ्चार शाखाले बुधबार एक विज्ञप्तिमा भनेको छ ।
रुसी सञ्चारमाध्यमले सोलेदारमा लिइएको दाबी गरेका तस्विरहरू त्यहाँका नभई अन्यत्र खिचिएका युक्रेनी सेनाले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया