अमेरिकाभरका उडानहरू प्रभावित, उड्डयन प्रशासनमा प्राविधिक गडबडी
एजेन्सी- अमेरिकामा उड्डयन क्षेत्रमा प्राविधिक समस्याका कारण सबै उडान प्रभावित भएको छ । उडान क्षेत्रमा प्राविधिक समस्याका कारण ४ हजार भन्दा बढी हवाइ उडान बन्द भएको छ ।
संघीय उड्डयन प्रशासनका अनुशार यसको नोटिस टु एयर मिशन प्रणाली, वा नोटाममा समस्या आएकाले उडान हुन नसकेको हो । उडान कर्मचारीहरूलाई सूचनाहरू जारी गर्ने प्रणाली अवरुद्ध भएको थियो ।
प्राविधिकहरूले यसलाई पुनः प्रयोगमा ल्याउन काम गरिरहेका छन् । राष्ट्रिय एयर स्पेस प्रणालीमा प्रभाव परेको पनि जनाइएको छ । अमेरिकाको उडान प्रभावित भएको साथै एयर ट्राफिक कन्ट्रोल समेत बन्द भएको छ ।
उडानको पूर्ण सुरक्षाको जानकारी नआएसम्म बिहान ९ बजेसम्म सबै उडान बन्द गर्न संघीय उडान प्रशासनले निर्देशन दिएको छ ।
Update 3: The FAA is still working to fully restore the Notice to Air Missions system following an outage.⁰⁰The FAA has ordered airlines to pause all domestic departures until 9 a.m. Eastern Time to allow the agency to validate the integrity of flight and safety information.
— The FAA ✈️ (@FAANews) January 11, 2023
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया