विश्व

पेरिसको रेल स्टेसनमा छुरा प्रहार, ६ जना घाइते

इकागज |
पुस २७, २०७९ बुधबार १९:३९ बजे

पेरिस - पेरिसको व्यस्त गारे डु नोर्ड स्टेसनमा बुधबार एक आक्रमणकारीले ६ जनालाई छुरा प्रहार गरी हत्या गरेको अधिकारीहरूले बताएका छन् ।

गारे डु नोर्ड रेल यात्रुका लागि एक व्यस्त स्थान हो, जसलाई उत्तरी फ्रान्स, लन्डन र उत्तरी युरोपमा रेलहरूको लागि प्रस्थान बिन्दुको रूपमा लिइन्छ ।
 
प्रहरीले छुरा प्रहारलाई आतंकवादी हमलाको रूपमा नभई सामान्य आक्रमण प्रयासको रूपमा लिइरहेको घटनासँग सम्बन्धित एक स्रोतले जनाएको छ ।


आक्रमणकारीको उद्देश्य तत्काल स्पष्ट हुन सकेको छैन ।

स्थानीय समयअनुसार बिहान ६ः४२ बजे भएको आक्रमणमा परी छ जनामध्ये एक जना गम्भीर घाइते भएका छन् भने अन्य पाँच जनालाई हल्का चोट लागेको अभियोजनकर्ताले बताएका छन् ।

गृहमन्त्री गेराल्ड डार्मानिनले घटनास्थलमा पत्रकारहरुसँग कुरा गर्दै घटना दुई मिनेटभित्रै सकिएको बताएका छन् । 

आक्रमणकारीले कस्तो प्रकारको हतियार प्रयोग गरेको भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन । प्रहरीले सुरुमा यसलाई धारिलो हतियारद्वारा आक्रमण भएको जानकारी दिएको थियो । 

डार्मानिनले यो चक्कु नभई ‘धम्कीउनका लागि प्रयोग गरिने नक्कली हतियार’ भएको बताएका छन् । तर फ्रान्सेली ‘ले पेरिसियन’ पत्रिकाका अनुसार आक्रमणमा एक प्रकारको ‘तिखो र धारिलो हतियार’ नै प्रयोग भएको थियो । 

प्रहरीले तीन राउण्ड गोली चलाउँदा आक्रमणकारीको छातीमा चोट लागेको थियो । मन्त्री डार्मानिनका अनुसार प्रहरीको प्रतिरोधमा गम्भीर घाइते भएका आक्रमणकारीलाई अस्पताल लगिएको र त्यहाँ उनको उपचार भइरहेको छ । 

उनले भने, “हस्तक्षेप गर्ने प्रहरीहरू आफ्नो सेवा सकेर घर फर्किँदै गरेका सादा पोसाकमा रहेका अधिकारीहरू थिए जसले आक्रमण रोक्नका लागि आफुलाई सँगै राख्न अनुमति दिइएको हतियार प्रयोग गरेका थिए ।

डार्मानिनले भने, “प्रहरी अधिकारीहरू प्रहरी मुख्यालयमा काम सकी रेल चढेर घर जान फर्किरहेका थिए, तर उनीहरू सशस्त्र थिए ।”

ड्युटीमा नभए पनि उनीहरूलाई हतियार प्रयोग गर्ने अधिकार दिइएको उनले बताए । स्टेसनमा तैनाथ सीमा प्रहरीका एक सदस्य सामान्य घाइते भएका प्रहरीले बताएको छ ।  
रासस


Author

थप समाचार
x