विश्व

रुसद्वारा चीनको कोभिड नीतिको स्वागत

इकागज |
पुस २९, २०७९ शुक्रबार १२:५७ बजे

मस्को- रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई  सकारात्मक रूपमा लिएको छ । 

रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै  दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ ।


मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रीफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिँदै भनेका छन्-'हामी रुसी-चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वय  विभिन्न विषयको आदानप्रदानको पुन: सुरुवात सुनिश्चित गर्न चाहान्छौँ ।' एजेन्सी


Author

थप समाचार
x