विश्व

किन गर्दैछ श्रीलंकाले एक तिहाई सेना कटौती ?

इकागज |
पुस ३०, २०७९ शनिबार ११:३ बजे

कोलम्बो- श्रीलंकाले आफ्नो सेनालाई अर्को वर्ष १ लाख ३५ हजार र २०३० सम्ममा १ लाख पुर्‍याउने भएको छ । सात दशकभन्दा बढीमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको देशको लागत कटौती गर्ने प्रयासरुवरुप सेनामा कटौती गर्न लागेको रक्षामन्त्रीले जानकारी दिएका छन् ।

‘सैन्य खर्च मूलत: राज्यद्वारा जनित खर्च हो जसले अप्रत्यक्ष रूपमा राष्ट्रिय र मानव सुरक्षा सुनिश्चित गरी आर्थिक वृद्धिको लागि बाटो खोल्छ’,  प्रेमिथा बन्दरा थेनाकुनले एक विज्ञप्तिमा भने ।


दुई करोड २० लाख जनसंख्या भएको टापु देशले खाद्यान्न र इन्धनको अभाव झेलिरहेको छ ।

राष्ट्रपति रानिल विक्रमासिंगेल अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्भावित कर्जा जमानत पारित गर्न कर वृद्धि गर्नुका साथै खर्चमा व्यापक कटौती गरेका छन् ।  


Author

थप समाचार
x