विश्व

पेरुमा संकटकाल घोषणा​, सरकारविरोधी प्रदर्शनमा ४२ जनाको मृत्य

इकागज |
माघ १, २०७९ आइतबार १२:११ बजे

लिमा - पेरु  सरकारले पछिल्लो समयमा राष्ट्रपति डिना बोल्वार्टेविरुद्धको प्रदर्शन चर्किएपछि राजधानी लिमा र अन्य तीन क्षेत्रहरूमा संकटकाल घोषणा गरेको छ । 

प्रदर्शनमा कम्तीमा ४२ जनाको मृत्यु भइसकेको छ भने दर्जनौँ घाइते भएका छन् । 


३० दिनको लागि लागू गरिएको संकटकालमा सेनालाई आदेश कायम राख्न हस्तक्षेप गर्न अधिकार दिइएको छ ।  घोषणासँगै धेरै आन्दोलन र भेला जस्ता संवैधानिक अधिकारहरूमा  प्रतिबन्ध लगाइएको छ । एजेन्सी


Author

थप समाचार
x