विश्व

अल सबाबको आक्रमणमा ११ सैनिक मारिए

इकागज |
माघ ३, २०७९ मंगलबार १९:२८ बजे

फाइल फोटो

 सोमालिया -  सोमालियाको आधार क्षेत्रमा अल सबाबका लडाकाले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना मारिएका छन् । राजधानी मोगादिसुको उत्तरी भागमा अवस्थित सेनाको शिविरमा आज भएको आक्रमणमा ती सैनिक मारिएको दाबी अलसबाबका एक जना कमाण्डरले एएफपीलाई बताए । 

सरकारी फौजका सहयोगी स्थानीय लडाकुका एक जना कममाण्डरका अनुसार  शिविरमा भएको दोहोरो झडमा दर्जनौ आतंकरीको पनि मृत्यु भएको छ । विष्फोटक पदार्थले लादिएको कार अतिवादीहरूले सैनिक शिविरमा विष्फोट गराएर सशस्त्र समूह शिविरमा प्रवेश गरेको उनले बताए । आतङ्वादीलाई आक्रमणस्थलबाट भगाइएको तथा उक्त क्षेत्र सेनाको पूर्ण नियन्त्रणमा रहेको जानकारी पनि उनले दिएका छन् । 


अलकायदासँग आबद्ध आतंककारी समूह अलसबाबले आक्रमणको जिम्मेवारी लिएको छ । एक दशकभन्दा लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको रणनीतिक तटीय शहरमा सेनाले आफ्नो कब्जा जमाएको दोस्रो दिन सैन्य शिविरमा उक्त हमला भएको हो । 


Author

थप समाचार
x