विश्व

यसै हप्ता चीन जाँदैछन् अमेरिकी विदेशमन्त्री

इकागज |
माघ ४, २०७९ बुधबार ९:३५ बजे

न्युयोर्क- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको भ्रमण गर्ने भएका छन् । वासिंगटन र बेइजिङबीच तनाव चर्किरहेका बेला विदेशमन्त्री ब्लिन्केनले चीनको भ्रमण गर्न लागेका हुन् । ब्लिनकेनको विदेश भ्रमणको तालिका सार्वजनिक गरिएको छैन् । तर, यसै साता उनी चीन जाने पोलिटकोले जनाएको छ । 

दुई दिने उक्त भ्रमणको मुख्य ‘एजेण्डा’ युक्रेन युद्ध, चीनको हतियार भण्डार र चीनमा रहेका अमेरिकी नागरिकहरुलगायत रहेको जनाइएको छ । भ्रमणका क्रममा विदेशमन्त्री ब्लिनकेनले चिनियाँ समकक्षीसँग भेटवार्ता गर्ने छन् । 


अमेरिकी विदेश मन्त्रालय र चीन सरकारले भ्रमणसम्बन्धी आधिकारिक विवरण सार्वजनिक गर्न बाँकी छ । एजेन्सी


Author

थप समाचार
x