चीनमा ६० वर्षमा पहिलो पटक घट्यो जनसंख्या
बेइजिङ- चीनको जनसंख्या ६० वर्षमा पहिलो पटक घटेको छ । राष्ट्रिय जन्मदर रेकर्ड प्रति १ हजार व्यक्तिमा ६ दशमल ७७ जन्म रहेको छ । सन् २०२१ मा देशको जनसंख्या साढे ८ लाख घटेको छ । सन् २०२२ मा चीनको जनसंख्या १ अर्ब ४१ करोड थियो ।
जनसंख्यामा देखिएको यो गिरावट देशले अंगीकार गरेको एक सन्तानको नीतिको नतिजा रहेको जनाइएको छ । चीन अहिलेसम्म विश्वमै सबैभन्दा बढी जनसंख्इा भएको देश हो । तर, केही वर्षपछि भारतले उछिन्ने विभिन्ने प्रक्षेपणले देखाएका छन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया