विश्व

न्यूजिल्यान्डबाट अस्ट्रेलिया उडेको विमान दुर्घटनाबाट बच्यो

इकागज |
माघ ४, २०७९ बुधबार ११:२५ बजे

काठमाडौँ- न्यूजिल्यान्डबाट अस्ट्रेलियाका लागि उडेको क्वान्टासको विमान दुर्घटनाबाट बचेको छ । प्रशान्त महासागरमाथि यात्रा गरिरहेको समयमा विमानमा समस्या आएको द गार्जियनले जनाएको छ ।

विमान महासागरमाथि उडिरहँदा ‘मेडे कल’ आएपनि क्वान्टासको विमान सिड्नी विमानस्थलमा सुरक्षित अवतरण भएको थियो । विमानमा कुनै समस्या आए अथवा मर्मतको आवश्यकता परे ‘मेडे कल’ गरिन्छ ।


क्वान्टासले अवतरण हुनुभन्दा एक घण्टा अगाडी बोइङ ७३७-८३८ विमानको एउटा इन्जिनमा समस्या आएको जानकारी गराएको छ । अकल्यान्डबाट उडेको विमानमा समस्या आएपछि करिब १५ मिनेट ढिला गरी विमान अवतरण भएको थियो ।


Author

थप समाचार
x