विश्व

सन् २०२२ मा जापानको जनसङ्ख्या ०.४३ प्रतिशतले घट्यो

इकागज |
माघ ६, २०७९ शुक्रबार २२:० बजे

टोकियो- जापानको कूल जनसङ्ख्या सन् २०२२ मा ०.४३ प्रतिशत अर्थात् करिब पाँच लाख ३८ हजारले खुम्चिएको सरकारी अनौपचारिक तथ्याङ्कले देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको अस्थायी अनुमानित तथ्याङ्कअनुसार सन् २०२३ को जनवरी १ सम्ममा देशको कूल जनसङ्ख्या १२ करोड ४७ लाख ७० हजार रहेको छ । यो सङ्ख्या एक वर्षअघि १२ करोड ५३ लाख १० हजार रहेको थियो ।


सन् २०२१ मा जनसङ्ख्या ०.६ प्रतिशतले घटेको थियो भने सन् २०२१ मा यो दर केही कम भएको थियो ।

पछिल्लो गणनामा ६५ वर्ष वा सोभन्दा माथिका तीन करोड ६२ लाख १० हजार जनसङ्ख्या रहेको छ । यो कूल जनसङ्ख्याको २९ प्रतिशत हो । 

तथ्याङ्कले १५ वर्षमुनिका बालबालिकाको औसत जनसङ्ख्या एक करोड ४४ लाख ५० हजार पुगेको छ । यो कूल जनसङ्ख्याको ११.६ प्रतिशत हो ।

घट्दो जन्मदर र वृद्धवृद्धाको जनसङ्ख्या, घट्दो श्रम शक्ति र चिकित्सा तथा सामाजिक सुरक्षा प्रणालीमा ठूलो आर्थिक भारले जापानका लागि चुनौती बनिरहेको छ । 

जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी हप्ता संसदको नियमित सत्रको उद्घाटनमा आफ्नो भाषणमा जापानको घट्दो जन्मदरसँग जुध्ने नीतिका लागि कोष सुरक्षित गर्ने प्रतिबद्धता व्यक्त गर्ने बताइएको छ । 

नयाँ वर्षको सुरुमा गरिएको पत्रकार सम्मेलनमा किशिदाले यस वर्ष बालबालिकासँग सम्बन्धित नीतिहरूमा ध्यान केन्द्रित गर्ने वाचा गरेका थिए  र ‘अभूतपूर्व’ कदमहरू मार्फत कम जन्मदरको सामना गर्ने प्रतिज्ञा गरेका थिए । सिन्ह्वा


Author

थप समाचार
x