विश्व

'अमेरिका र चीनले एकअर्कालाई राम्ररी बुझ्नुपर्छ'

इकागज |
माघ ७, २०७९ शनिबार ६:५३ बजे

न्यूयोर्क- संयुक्त राज्य अमेरिका र चीनले एकअर्कालाई ‘अझ राम्ररी’ बुझ्नुपर्ने र विश्वमा शान्ति र प्रगतिसँग अझ बढी मेल खाने सम्बन्ध विकास गर्नुपर्ने अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले बताएका छन् । 

बुधबार साँझ न्युयोर्कमा आयोजित संयुक्त राज्य अमेरिका चीन जनरल चेम्बर अफ कमर्शको वार्षिक नयाँ वर्ष समारोहमा किसिन्जरले दुई देशका नेताहरूबीच हालै बालीमा भेट भएको र द्विपक्षीय सम्बन्धमा देखिएको विवादित प्रवृत्तिलाई उल्टाउने मनसाय व्यक्त गर्नु राम्रो सङ्केत भएको उनीहरूले बताए ।


अनुभवी अमेरिकी कूटनीतिज्ञले भने, “धेरै क्षेत्रमा वार्तालाई बढावा दिन गरिएका निर्णयहरूको म स्वागत गर्दछु,” चीनले यस दिशामा धेरै व्यावहारिक कदमहरू चालेको छ ।

अमेरिकाका दुई राष्ट्रपति रिचर्ड निक्सन र जेराल्ड फोर्डको कार्यकालमा काम गरेका ९९ वर्षीय अनुभवी कूटनीतिज्ञ तथा रणनीतिकारले भने, “हरेक राष्ट्रले एकअर्कालाई अझ राम्ररी बुझ्न आवश्यक छ । सँगै काम गर्दा हामीले आफ्नो देशका लागि मात्र होइन, समग्र मानवताका लागि पनि ठूलो उपलब्धि हासिल गर्न सक्छौं ।”

संयुक्त राज्य अमेरिका र चीनबीच आफू र संस्कृतिलाई कसरी लिने भन्नेबारे फरक धारणा छ र यसलाई दुवै पक्षले बुझ्नु आवश्यक भएको उनले बताए । 

किसिन्जरले चाहेको सम्बन्ध प्राप्त गर्न ‘बौद्धिक, राजनीतिक र ऐतिहासिक दर्शनहरू’ प्रयोग गर्नुको महत्वमा पनि जोड दिँदै भने, “यस प्रक्रियाले संसारभरिका मानिसहरूले अपेक्षा गरेको परिणाम प्राप्त गर्नेछ भन्ने विश्वास मैले लिएको छु । ”

अमेरिका–चीन सम्बन्धमा आजीवन योगदान पु¥याउने र ‘ट्रेलब्लेजर’का रूपमा प्राप्त उपलब्धिको कदर गर्दै अमेरिका चीन चेम्बर अफ कमर्शको बुधबार आयोजित कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेको छ । , (रासस/सिन्ह्वा)


Author

थप समाचार
x