अर्जेन्टिनामा ६.५ म्याग्निच्युडको भूकम्प
व्युनर्स आयर्स- अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ । अर्जेन्टिनाको कार्डोबाबाट ५१७ किलोमिटर उत्तरमा ६.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प अर्जेन्टिनाको सान्टियागो डेल एस्टेरो प्रान्तको मोन्टे क्वेमाडोबाट १०४ किलोमिटर टाढा थियो । पाराग्वे र अर्जेन्टिनामा भूकम्पको धक्का महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक भएको छैन् । एजेन्सी
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया