जहाजमा महिलामाथि पिसाब फेरेको प्रकरणमा एयर इन्डियालाई ४० लाख जरिवाना
फाइल फोटो
नयाँदिल्ली - भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर इन्डियालाई करिब रु ४० लाख जरिवाना गराएको छ ।
गत नोभम्बर २६ मा न्युयोर्कबाट एयर इन्डियाको विमानमा नयाँदिल्ली आउँदा अमेरिकी ब्याकंर भारतीय नागरिक शंकर मिश्राले महिलामाथि गरेको दुव्र्यवहारविरुद्ध एयर इन्डियाले कारबाही नगरेकाले नागरिक उड्डयन प्राधिकरणले उक्त जरिवाना गराएको हो ।
नयाँदिल्ली विमानस्थलमा सामान्य यात्रुलाई झैँ अभियुक्त मिश्रालाई विनाकारबाही प्रस्थान गर्न दिइएकामा आपत्ति जनाउँदै एयर इन्डियाका उड्डयन प्रबन्धकलाई भारु तीन लाख बेग्लै जरिवाना गराइएको छ ।
त्यसैगरी उक्त विमानका एक जना चालकलाई तीन महिनासम्म उडानमा प्रतिबन्ध लगाइएको छ । मिश्राबाट भएको उक्त निन्दनीय कार्यको भारतका साथै विश्वव्यापी रुपमा चर्को आलोचना भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया