विश्व

क्रेन खस्दा भारतमा ४ जनाको मृत्यु, ६ जना घाइते

इकागज |
माघ ९, २०७९ सोमबार १८:८ बजे

नयाँ दिल्ली - दक्षिण भारतको तमिलनाडु राज्यस्थित मन्दिरमा आयोजित उत्सवमा क्रेन दुर्घटना हुँदा चार जनाको मृत्यु हुनाका साथै कम्तीमा छ जना घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन्।

तमिलनाडुको राजधानी चेन्नईबाट ८५ किलोमिटर पश्चिममा रहेको रानीपेट जिल्लाको द्रौपति मन्दिरमा आइतबार राति क्रेन खस्दा सो दुर्घटना भएको हो ।


 दुर्घटना हुँदा आठ जना भक्तजनहरु माला लिन क्रेनमा सवार रहेको बुझिएको छ ।

'हिजो राती द्रौपति मन्दिरमा भक्तहरूबाट मूर्ति बोक्न र फूलको माला लिनको लागि तयार पारिएको क्रेन अचानक  दुर्घटना  भएको  थियो।  सो दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको र थुप्रै भक्तजन घाइते भएका थिए,' प्रहरी अधिकारीले बताएका छन् । 

घाइते मध्ये थप एक जनाको आज बिहान अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र  मृतकको संख्या चार पुगेको  हो ।  स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब एक हजार  पाँच सय मानिस उपस्थित थिए।


Author

थप समाचार
x