निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पक्राउ
इस्लामाबाद- निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पाकिस्तानका पूर्वसूचनामन्त्रीलाई पक्राउ गरिएको छ । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगी थिए ।
खान नेतृत्वको सरकारमा सूचना मन्त्री रहेका फवाद चौधरीलाई पूर्वी शहर लाहोरस्थित उनको घरबाट आज बिहान पक्राउ गरिएको हो । चौधरीले मङ्गलबार गरेको टेलिभिजन टिप्पणीमा निर्वाचन आयोगका अधिकारी तथा तिनका परिवारलाई धम्की दिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राजधानी इस्लामावादमा उनीविरुद्ध दायर गरिएको अभियोगमा राज्यको निर्वाचन प्रक्रियामा बाधा पुर्याउने प्रयास गरेकाले देशद्रोहको कानूनअन्तर्गत पक्राउ गरिएको उल्लेख छ । गत एप्रिलमा खानको पार्टीले संसद्मा विश्वासको मत गुमाएपछि उनी सत्ताबाट बाहिरिएका थिए । (एएफपी)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया