श्रीलंकामा आयात प्रतिबन्धले २.५ अर्ब डलर बचत
कोलम्बो- सन् २०२२ मा आयातमा लगाइएको प्रतिबन्धपछि दुई अर्ब ५० करोड अमेरिकी डलर बचत भएको श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले बताएका छन् ।
बचत भएको रकमबाट इन्धन, औषधि, मललगायतका अत्यावश्यक वस्तु आयात गरिएको अन्तर्राष्ट्रिय भन्सार दिवस समारोहमा राज्यमन्त्री पुनले जानकारी दिनुभयो । उनले भने, 'आयात प्रतिबन्धका कारण मानिसहरूले सन् २०२२ मा जस्तो कष्ट भोग्नुपर्ने छैन । देशले कर वृद्धि गरेर राजस्व पनि बढाएको छ र ब्याज दर बढाएर मुद्रास्फीति घटाएको छ ।'
श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४०० भन्दा बढी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर आर्थिक सङ्कटको अवस्था केही सुस्ताएपछि केही वस्तुमा लगाइएको प्रतिबन्ध हटाएको थियो । (सिन्ह्वा)
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया