भारतले गर्याे १७ पाकिस्तानी बन्दीलाई रिहा
फाइल तस्बिर
नयाँ दिल्ली- भारतले जेल सजाय पूरा गरेका १७ जना पाकिस्तानी नागरिकलाई शुक्रबार रिहा गरेको छ । नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगले यसबारे पुष्टि गरेको छ।
उनीहरूलाई अटारी-वाघा सिमानाबाट रिहा गरिएको थियो। सो सिमाना भारतको उत्तरी राज्य पञ्जाबको छेउ अवस्थित छ।
'हाम्रा प्रयासहरू भारतबाट सबै पाकिस्तानी कैदीहरूलाई उनीहरूको सजाय पूरा भएपछि स्वदेश फिर्ता गर्न जारी रहनेछ,' पाकिस्तानी उच्चायोगले ट्वीटमा उल्लेख गरेको छ। सिन्ह्वा
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया