विश्व

इरानले एक महिनामा ५० जनाभन्दा बढीलाई मृत्युदण्ड दियो

इकागज |
माघ १४, २०७९ शनिबार १६:३२ बजे

फाइल फोटो

तेहरान - इरानी अधिकारीहरूले सन् २०२३ मा ५५ जनालाई मृत्युदण्ड दिएका नर्वेस्थित इरान मानव अधिकार (आइएचआर) समूले भनेको छ । मृत्युदण्डको बढ्दो प्रयोगले देशलाई थप त्रसित बनाएको समूहले जनाएको छ । 

यसैबीच, अधिकार समूह एम्नेस्टी इन्टरनेशनलले भनेको छ कि विरोध प्रदर्शनमा मृत्युदण्डको सजाय सुनाइएका तीन युवामध्ये सबैभन्दा कान्छो एक १८ वर्षीयलाई हिरासतमा चरम यातना दिइएको थियो । 


आईएचआरले यो वर्षको पहिलो २६ दिनमा कम्तीमा ५५ वटा मृत्युदण्डको पुष्टि गरेको बताएको छ। प्रदर्शनसँग सम्बन्धित आरोपमा चार जनालाई मृत्युदण्ड दिइएको छ, ज बकि फाँसी दिइएका ३७ जना दोषीलाई लागूऔषधसँग सम्बन्धित अपराधका लागि दोषी ठहर गरिएको थियो ।


Author

थप समाचार
x