विश्व

पेशावर मस्जिद विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, १५० घाइते

इकागज |
माघ १६, २०७९ सोमबार १८:२६ बजे

फाइल फोटो

इस्लामावाद - पाकिस्तानको पेशावरको पुलिस लाइन्स क्षेत्रको मस्जिदमा सोमबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ।

उक्त  घटनाको पुष्टि पेशावरका कमिश्नर रियाज मेहसूदले गरेका  छन् । उनका अनुसार मस्जिद भित्र उद्धार प्रयास जारी  छ । 


शहर भरका अस्पतालहरूमा आपतकालीन सेवाका लागि तयार पारिएको छ र उपचारको उचित प्रबन्ध गरिएको छ ।

पेशावरको पुलिस लाइन्स इलाकामा रहेको मस्जिदमा दिउँसोको नमाजको समयमा विस्फोट भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार आत्मघाती आक्रमणकारी प्रार्थनाको क्रममा अगाडिको पङ्क्तिमा उपस्थित  भई   विस्फोट गराएको सुरक्षा अधिकारीहरूले बताएका छन्। 

विस्फोट हुँदा मस्जिदमा कम्तिमा १२० जना मानिस रहेको एक प्रत्यक्षदर्शीले बताएका छन् । घाइते हुनेमा अधिकांश प्रहरी रहेको उनले बताए ।

 पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतंकवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन समेत आग्रह गरेका छन्।


Author

थप समाचार
x