श्रीलङ्काका राष्ट्रपतिद्वारा सरकारी खर्च कटौती गर्न निर्देशन
कोलम्बो - श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मन्त्रिपरिषद्लाई सरकारी खर्च घटाउन निर्देशन दिएका छन् । राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले हाल सरकारको राजस्व मासिक खर्चभन्दा कम रहेको जनाएको छ ।
राष्ट्रपतिले जनरल ट्रेजरीले भुक्तानीकर्ता बाहेक सबै खर्चहरू पूरा गर्न यो समय अत्यन्त चुनौतीपूर्ण रहेको बताएका छन् । योजनाबद्ध राजस्व उठाउन नसकेसम्म सरकारी खर्चमा थप कटौती गर्नुपर्ने देखिन्छ ।
राष्ट्रपतिले निजामती कर्मचारीले कर्जाको आधारमा वस्तु तथा सेवा लिनबाट हाललाई टाढै रहनुपर्ने पनि धारणा राखे ।
यसैबीच मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवद्र्धनाले मङ्गलबार सरकारको जनवरी महिनाको खर्च राजस्वको दोब्बर भएको बताएका छन्। गत वर्षदेखि श्रीलङ्का चरम आर्थिक सङ्कटको सामना गरिरहेको छ जसले देशमा राजनीतिक उथलपुथलसमेत निम्त्याएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया