सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो
नयाँ दिल्ली - पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल तुल्याइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।
मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरूको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ ।पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पुर्याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताए ।
सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास गरेका थिए र प्रहरीले यसैगरी असफल तुल्याएको थियो । त्यसैले यस पटक आतङ्ककारीहरू ठूलो संख्यामा आएका बताइएको छ ।
रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरूलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया